साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९ दशमलव १८ अङ्कले घटेर १८५७ दशमलव २३ को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका २१ लाख ५५ हजार ५८६ कित्ता शेयर रु. ६२ करोड २ लाख ६६ हजार १६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ३ करोड ५ लाख ३ हजार ४९८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिष्लिटरी लिमिटेडको रु २ करोड ५६ लाख ८ हजार ९१० बराबरको शेयर कारोबार भएको छ।हिमालयन डिष्लिटरी लिमिटेड
यता, हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको रु. २ करोड २९ लाख ३८ हजार ६२३ बराबरको कारोबार हुँदा कुमारी बैङ्क लिमिटेडको रु. १ करोड ६४ लाख ६७ हजार ११७ र नबिल बैङ्क लिमिटेडको रु. १ करोड ३७ लाख २९ हजार ३७३ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
