धनगढीमा सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै



ज्ञानमाण्डू। लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैशाख ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।

 
स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २:३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुने
आयोजकले बताएको छ । 


स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने
आयोजकले जनाएको छ

आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई आईडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिने
आयोजकले जनाएको छ


यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुने
आयोजकले बताएको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टको पनिस सहभागिता हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुने आयोजकले जनाएको छ । 


सातै प्रदेशमा योजना भैरहेको कार्यक्रमको ५औ प्रदेशको रुपमा सुदुरपश्चिममा कार्यक्रम आयोजना भैरहेको र बाकी कर्णाली र बागमती प्रदेशमा यहि १२ गते र १६ गते आयोजना हुने इभेन्ट म्यानेजर मुस्कान प्रसाईले बताउनुभयाे । सातै प्रदेशको कार्यक्रम पश्चात असार ४ र ५ गते काठमाडौँमा २ दिने डिजिटल नेपाल कंक्लेभको आयोजना हुने बताइएको छ ।


प्रदेशको कार्यक्रममा सहभागी हुन् कुनै शुल्क लाग्दैन र स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न पाउनेछन् भने अवलोकन र सहभागिताको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेश सरकार, दुरसंचार प्राधिकरण, हुवावे, इन्फोडेभलपर्स, इ बिमा, यार्सा ल्याब, प्रभु पे, निमा एकेडेमि, ब्रोडवे इन्फोसिस लगायतको सहकार्य र सहभागिता रहेको आयोजकले बताएको छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x