आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १४ गते, अपरान्हकाे ३:०० बजे बसेको सञ्चालक समितिको ३०४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने रकम रु. ५ करोड ६६ लाख ५५ हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ४ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x