नेपाल बैङ्कको नाफा १८.७२ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कले २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २० अर्ब ६७ करोड रुपैयाँ र सञ्चित मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.२० प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा र पछिल्लो कारोबार मूल्य रु २५६.५० को आधारमा मूल्य आम्दानी अनुपात १५.८६ गुणा रहेको छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.१६ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने ९४ करोड ४ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
नेपाल बैङ्कको खुद ब्याज आम्दानीमा ३७.२० प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
