ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।
सो छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैङ्कको डेबिट कार्ड प्रयोगकर्ताहरूले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा १,००० रुपैयाँसम्म छुट पाउनेछन् ।
छुट पाउनका लागि प्रयोगकर्ताहरूले दराज ए्यापबाट ग्लोबल आइएमई बैङ्कको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटि मात्र छुट पाउनेछन् ।
बैङ्कले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको सो योजना २०७९ चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य रहनेछ ।
सो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु हो । बैङ्कले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
