वाणिज्य बैङ्कहरूको नाफामा ११.६७ प्रतिशतको वृद्धि, कुल नाफा ४८ अर्ब अधिक, कुन बैङ्कको कति ?

२१ वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । केन्द्रीय बैङ्कबाट 'क' वर्ग को इजाजत प्राप्त कुल २१ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६७ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको तथ्याङ्कले देखाएको छ। जसमध्ये १४ बैङ्कहरूले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने ७ वाणिज्य बैङ्कहरूले गत वर्षको तेस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्।

चालु आर्थिक वर्ष २०७९/८० तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैङ्कहरूले ४८ अर्ब ७० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा ४३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा सबै वाणिज्य बैङ्कहरू अर्ब पति क्लबमा सामेल हुन सफल भएका छन्। वाणिज्य बैङ्कहरू मध्ये नबिल बैङ्कले ५ अर्ब बढी नाफा कमाएको छ भने ग्लोबल आइएमई बैङ्क र एनआईसी एशिया बैङ्कले ४ अर्ब बढी नाफा कमाएका छन् ।

सर्वाधिक नाफा कमाउन नबिल बैङ्क सफल

चालु आ.व.को ९ महिनासम्ममा सबैभन्दा धेरै नाफा नबिल बैङ्कले गरेको छ । बैङ्कले ५ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो ।

त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले ४ अर्ब ३५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले गत वर्षको भन्दा १६.९६ प्रतिशतले नाफा बढाउन सफल भएको हो । त्यस्तै एनआईसी एशिया बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.३९  प्रतिशतले बढी हो ।

राम्रो मुनाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क पनि रहेको छ । बैङ्कले गत वर्षको तेस्रो त्रैमासको तुलनामा ३६.६९ प्रतिशतले मुनाफा बढाउँदै ३ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै,  नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको मुनाफा समीक्षा अवधिमा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । उक्त बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा नाफामा २२.९७ प्रतिशतको वृद्धि गर्न सफल भएको हो ।

Click here to join our viber community.

Click here to join our viber community.
सबैभन्दा कम नाफा कृषि विकाश बैङ्कको

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क कृषि विकाश बैङ्क रहेको छ। उक्त बैङ्कले चालु आ.व.को ९ महिनामा १ अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले कम हो । त्यस्तै, कम नाफा कमाएको सन्राइज बैङ्कले समीक्षा अवधिमा १ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको देखिएको छ। उक्त बैङ्कको नाफामा गत वर्षको सोही अवधिको तुलनामा ८.३३ प्रतिशतले गिरावट भएको छ भने सिटिजन बैङ्कले समीक्षा अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.२४ प्रतिशतले कम हो ।

सर्वाधिक नाफा वृद्धि गर्ने एभरेष्ट बैङ्क

चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी एभरेष्ट बैङ्कले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको देखिएको छ । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ६२ दशमलव ६३ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । त्यसै गरी, स्ट्याण्डर्ड चार्टर्डले ६०.२५ प्रतिशत नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। नाफामा उल्लेख्य वृद्धि गरेको नबिल बैङ्कले गत वर्षको तुलनामा झन्डै ५२.६३ प्रतिशत नाफा वृद्धि गर्दै ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसै गरी, अघिल्लो वर्षको तुलनामा लक्ष्मी बैङ्कले ४७.३२ प्रतिशत, नेपाल एसबीआई बैङ्कले ३८.७१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले ३६.६९ प्रतिशतले नाफा वृद्धि गर्दै वाणिज्य बैङ्कहरू मध्य सर्वाधिक नाफा वृद्धि गर्न सफल भएको देखिन्छन् ।   

सर्वाधिक नाफा घटाउने कृषि विकास बैङ्क

धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गर्दा ७ वाणिज्य बैङ्कहरूले भने गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउने कृषि विकास बैङ्क देखिएको छ ।  बैङ्कको मुनाफामा ४५.३६ प्रतिशतले गिरावट आएर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत वर्षको समीक्षा अवधिमा बैङ्कले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

त्यस्तै, नाफा घटाएका सिद्धार्थ बैङ्क, सिटिजन बैङ्क, नेपाल बैङ्क, माछापुच्छ्रे  बैङ्क, प्राइम बैङ्क र सन्राइज बैङ्कको नाफा अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा क्रमशः २८.६५, २२.२४, १८.७२, १२.८८, ९.३५ र ८.३३ प्रतिशतले घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
50.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x