माघ २७ गते देखि माघ २९ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप १४ अर्बले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४७ खर्ब ४१ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको थियो ।
त्यस्तै पुष मसान्त र माघ २९ गतेको तुलनामा वाणिज्य बैङ्कहरूको निक्षेपमा २५ अर्बको वृद्धि भएको थियो भने सोही अवधिसम्म कर्जा प्रवाहमा १२ अर्बको वृद्धि भएको थियो । पुष मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४७ खर्ब १६ अर्ब पुगेको थियो भने कर्जा रकम ४२ खर्ब ७८ अर्ब थियो ।
माघ २९ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४६ खर्ब ३० अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब ११ अर्ब (विदेशी मुद्रा) रहेको थियो भने ४२ खर्ब ५९ अर्ब (स्वदेशी मुद्रा) र ३१ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।
वाणिज्य बैङ्कहरूको निक्षेपमा १४ अर्बको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

0.00%

100.00%
