कार्तीक ३० गते (मसान्त) देखि मंसिर २ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ५ अर्बले घटेकाे छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर २ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४५ खर्ब ५८ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह ३ अर्बले घटेकाे थियाे भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८६.९१ प्रतिशत रहेकाे थियो।
मंसिर २ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४४ खर्ब ४४ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १४ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ९१ अर्ब (स्वदेशी मुद्रा) र २९ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।
वाणिज्य बैङ्कहरूको निक्षेपमा ५ अर्बको गिरावट, सिडी रेसियो ८६.९१ प्रतिशत मुनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

50.00%

0.00%

50.00%

0.00%
