राष्ट्रिय स्तरका विकास बैङ्कहरूलाई नाफा र प्रतिशेयर आम्दानीका आधारमा दाँजेर हेर्दा

आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबै भन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने सबैभन्दा धेरै प्रतिशेयर आम्दानी शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको देखिएको छ ।
 
नेपालका राष्ट्रिय स्तरका विकास बैङ्कहरूको गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको तुलनामा औसतमा ३०.०७ प्रतिशतले नाफा घटेको छ। सो विकास बैङ्कहरूले कुल १ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आ.व. २०७८/७९ को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैङ्कहरूको मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । नाफा घटेका कारण बैङ्कहरूको प्रतिशेयर आम्दानी पनि घटेको देख्न सकिन्छ ।
 
आ.व. २०७९/८० को पहिले त्रैमासको वित्तीय विवरणको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरूको प्रति शेयर आम्दानी औसतमा १२ रुपैयाँ ९१ पैसा रहेको देखिएको छ, जुन गत आ.व. को यसै अवधिको तुलनामा ४१.२८ प्रतिशतको गिरावट हो। यस अवधिमा ३ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने ५ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा कम रहेको देखिएको छ ।
 
राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा गर्न सफल मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी घटेर २१ रुपैयाँ ७४ पैसा पुगेको छ। उक्त बैङ्कले ३० करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन गत आ.व.को यसै अवधिको तुलनामा ११.०५ प्रतिशतले कम हो।
 
त्यस्तै राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्येकै सर्वाधिक प्रति शेयर आम्दानी रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको प्रति शेयर आम्दानी गत आ.व.को यसै अवधिको तुलनामा २७.९४ प्रतिशतले बढेर २२ रुपैयाँ १२ पैसा कायम भएको छ। उक्त बैङ्कले नाफामा ४१.९२ प्रतिशतले वृद्धि गर्दै २० करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

त्यसै गरी, गरिमा विकास बैङ्कको प्रति शेयर आम्दानी १६ रुपैयाँ ८४ पैसा, महालक्ष्मी विकास बैङ्कको ११ रुपैयाँ ९० पैसा, ज्योति विकास बैङ्कको ९ रुपैयाँ ३८ पैसा, लुम्बिनी विकास बैङ्कको ८ रुपैयाँ ६५ पैसा, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको ७ रुपैयाँ ३५ पैसा र कामना सेवा विकास बैङ्कको ५ रुपैयाँ २९ पैसा रहेको छ।
 
राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले सर्वाधिक नाफा र प्रति शेयर आम्दानी बढोत्तरी गर्न सफल भएको छ। बैङ्कले आ. व. २०७८/७९ को पहिलो त्रैमासको तुलनामा ४१.९२ प्रतिशतले नाफा र २७.९४ प्रतिशतले प्रति शेयर आम्दानी बढाएको छ। यता, कामना सेवा विकास बैङ्कको नाफा र प्रति शेयर आम्दानीमा सर्वाधिक गिरावट आएको छ। सो बैङ्कको नाफा ७६.३५ प्रतिशतले र प्रति शेयर आम्दानी ८०.०५ प्रतिशतले घटेको छ ।
 
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

16.67%
0.00%
50.00%
33.33%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x