पुष १ गते देखि पुष ८ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप २० अर्बले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार पुष ८ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४६ खर्ब ४५ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको थियो भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८६.०६ प्रतिशत रहेको थियो।
त्यस्तै मंसिर मसान्त र पुष ८ गतेको तुलनामा वाणिज्य बैङ्कहरूको निक्षेपमा २४ अर्बको वृद्धि भएको थियो भने सोही अवधिसम्म कर्जा प्रवाहमा १ अर्बको गिरावट भएको थियो । मंसिर मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४६ खर्ब २१ अर्ब पुगेको थियो भने कर्जा रकम ४२ खर्ब २४ अर्ब थियो ।
पुष ८ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४५ खर्ब २४ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब २१ अर्ब (विदेशी मुद्रा) रहेको थियो भने ४१ खर्ब ९४ अर्ब (स्वदेशी मुद्रा) र २९ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।
वाणिज्य बैङ्कहरूको निक्षेपमा २० अर्बको वृद्धि, सिडी रेसियो ८६.०६ प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50.00%

0.00%

50.00%

0.00%

0.00%

0.00%
