फर्स्ट माइक्रोफाइनान्सको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १७.१२ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ८ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २६ करोड ६२ लाख रुपैयाँ र सञ्चित मुनाफा १६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तकाे वितरण याेग्य मुनाफा १६ करोड ६८ लाख रुपैयाँ रहेकाे छ। उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले आफ्ना शेयरधनिहरूलाई १९.३७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ५१८ को आधारमा मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ ।

Click here to join our viber community.

Click here to join our viber community.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x