सिद्धार्थ बैङ्कको नयाँ अभियान: मोबाइल टपअप गरौँ, iPhone 16 जितौँ!

 सिद्धार्थ बैङ्कले एफ १ सफ्ट र फोन पे सँगको सहकार्यमा “ टपअप फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ” नयाँ अभियान सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् जसमा बम्पर उपहार आई फोन १६ रहेको हो ।

बैङ्कका अनुसार सो अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैङ्क स्मार्ट एक्स पि मोबाइल बैङ्किङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ । मोबाइल टपप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, बैङ्कले डिजिटल बैङ्किङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० को मोबाइल टपप र रु ५०० को फोन पे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । सो प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुने बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार सो अभियान अन्तर्गत, प्रत्येक हप्ता १ सय जना भाग्यशाली विजेताहरूले १ सयको मोबाइल टपप जित्न सक्नेछन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आई फोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत १ देखि चैत ३१ सम्म सञ्चालन हुनेछ । सिद्धार्थ बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x