डिप्राेक्स लघुवित्तको नाफा ९ करोड ९१ लाख

डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४२.८९ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको डिप्राेक्स लघुवित्तले १८ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, डिप्राेक्स लघुवित्तले ७ अर्ब ९५ करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तको जगेडा कोषमा ९६ करोड ४ लाख रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ६ करोड  रुपैयाँ रहेको छ ।

डिप्राेक्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.४२ प्रतिशतले घटेर ३३ करोड २४ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.६८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ९०३ को आधारमा मूल्य आम्दानी अनुपात २६.३३ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x