नेशनल माइक्राेफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख १५ गते नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख ४ गते देखि वैशाख १५ गते सम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख ३ (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा धादिङ्ग क्रिक रिसाेर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. ८ करोड ८० लाख ०१ हजार २४६ रुपैयाँ ०३ पैसा बराबरको बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

साथै सभाले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी पत्र तथा दुवै संस्थाहरूको सम्पत्ति, दायित्व तथा पछिल्लो कारोबारको मूल्याङ्कन गर्नका लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरिक्षककाे नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x