प्रभु बैङ्कको सञ्चालक समितिका अध्यक्षद्वारा पदभार ग्रहण

आज मिति २०७९/०९/२८ गतेका दिन प्रभु बैङ्क  लि. का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लीला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई  आजै बैङ्कको सञ्चालक समितिको २८०औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । बैङ्कको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त हुनुभएका उहाँलाई मिति २०७९/०९/२६ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव सँगाल्नुभएको छ ।  अध्यक्ष नेपाल राष्ट्र बैङ्कमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनुभएको थियो । उहाँले कृषि विकास बैङ्कमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्नुभएको थियो । उक्त अवधिमा परम्परागत रूपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैङ्कलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन, नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा रही कार्य गर्नु भएको थियो । अध्यक्षले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसक्नुभएको छ । यस अघि प्रभु बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रहनुभई सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गर्नुभएका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैङ्क लिमिटेड, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो । अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैङ्कको व्यापार व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास बैङ्कले लिएको जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x