किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र २८ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानीलकण्ठ. न.पा.-८, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने रकम रु. ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर र ०.३६८४२ प्रतिशतका दरले हुन आउने रकम रु. १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले सो लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
