जीवन विकास लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन ०६ गते, बिहान ११:०० बजे बसेको सञ्चालक समितिको ७२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ३७.३६८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २८ प्रतिशतले हुन आउने रकम रु. २८ करोड ९५ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ९.३६८४ प्रतिशतले हुन आउने रकम रु. ९ करोड ६८ लाख ९५ हजार ७०५ रुपैयाँ २४ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा चुक्ता पुँजीको ७० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ३.६८ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x