हिमालयन हाईड्राेपावर लिमिटेडले यही चैत्र २४ गते १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १४ गते देखि चैत्र २४ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा वाटरफ्रन्ट रिसाेर्ट लेक साइड पोखरामा दिनको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने,आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै, सभाले सञ्चालकहरूको सुविधा वृद्धि गर्ने तथा सोसँग सम्बन्धित नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने छ ।
आजसम्म कायम शेयर धनीले हिमालयन हाईड्राेपावरकाे साधारण सभामा भाग लिन पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%