ङादी ग्रुप पावर लिमिटेडको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

ङादी ग्रुप पावर लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन ०१ गते, बिहान ९:३० बजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको कायम चुक्ता पुँजीबाट शेयरधनीहरूलाई ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२५ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा (फाल्गुन २५ गते) बाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने ङादी ग्रुप पावर लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ङादी ग्रुप पावर लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x