
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। एक कित्ता विद्यमान सेयर बराबर थप दुई कित्ता हकप्रद सेयर दिने अर्थात् १:२ अनुपातको प्रस्तावसहित संस्थाले आगामी भदौ २७ गते वार्षिक साधारण सभा बोलाएको हो।
प्रस्ताव अनुसार हाल कायम चुक्ता पुँजीका आधारमा प्रत्येक एक कित्ता सेयर भएका सेयरधनीले थप दुई कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्। हकप्रद निष्कासनका लागि नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट भने सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने जनाएको छ।
वार्षिक साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीको नाम भदौ १० गतेसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम हुनुपर्नेछ। सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ।
सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। हकप्रद सेयर निष्कासन सम्बन्धी प्रस्तावसँगै अन्य आवश्यक एजेन्डामाथि समेत साधारण सभामा छलफल हुनेछ।
स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
