अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यही माघ २७ गते शुक्रवारको दिन २५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ १८ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा माघ १७ गतेसम्म (आज सम्म) कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले साधारण सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पनि पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.४२१ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव पनि सोही सभाले स्वीकृत प्रदान गर्नेछ । साथै बोनस शेयर जारी गर्दा खण्डीकृत भएमा खण्डीकृत शेयर सम्बन्धित शेयर धनीको नाममा जगेडा राख्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
