आजसम्म कायम शेयरधनीले सोल्टी हाेटलको साधारण सभामा भाग लिन पाउने

सोल्टी हाेटल लिमिटेडले यही पौष २८ गते ४८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि पौष ०७ गते देखि पौष २८ गते सम्म अर्थात् ४८ औँ साधारण सभा सम्पन्न नभए सम्म जम्मा २२ दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष ०६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले वार्षिक साधारण सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ,  त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको २१.३१५७८९४७ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने सो कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ५ प्रतिशतका दरले अर्थात् कम्पनीको प्रत्येक २० कित्ता चुक्ता शेयर बराबर १ कित्ता शेयरका दरले बोनस शेयर वितरण गर्ने र सोही अनुसार लिन मन्जुर तथा चुक्ता पूँजीलाई वृद्धि गर्ने स्वीकृति पनि सोही सभाले प्रदान गर्नेछ ।

सभाले कम्पनीको सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई छलफल गरी पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x