अपर हेवाखाेला हाइड्रोपावर कम्पनी लिमिटेडले यही पौष २१ गते (आज) ११ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा युनियन हाउस, अनामनगर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक नाफा-नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना समेत ६ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष ०४ गतेदेखि पौष २१ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ०३ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।