आज देखि सन्राइज फाेकस्ड इक्विटी फण्ड निष्कासनमा

सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फाेकस्ड इक्विटी फण्ड माघ १० गते (आज) देखि निष्कासन भएकाे छ। सन्राइजफाेकस्डइक्विटी फण्डकाे निष्कासन बन्द हुने मिति (छिटोमा) माघ १३ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा माघ २४ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएको छ।
 
कम्पनीले निष्कासन गर्न लागेको कुल इकाई १२ करोड इकाई मध्ये न्यूनतम १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सन्राइज बैङ्क लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्रीका लागि खुल्ला गर्न लागेको कम्पनीले जनाएको छ ।
 
सो कम्पनीले प्रति इकाई मूल्य रु. १०/- अङ्कितका दरले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको जनाएको छ ।
 
यस फण्डकाे इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू साथै मेरो शेयर (Meroshare) मार्फत आवेदन पेस गर्न सकिनेछ।
 
यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x