इन्फिनिटी लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष ३० गते, शनिवार अपराह्न ४:०० बजे बसेको सञ्चालक समितिको ८८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रु. ८ कराेड २९ लाख २ हजार ६५६ रुपैयाँ ९५ पैसा बराबरको बोनस शेयर लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आ. व. २०७८/०७९ मा नेपाल एग्राे लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको हुँदा आयकर ए‍ेन २०५८ बमोजिम बोनस शेयर वितरण गर्दा लाग्ने कर छुटको सुविधा उपयोग गर्ने भएकाले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएकाे सोही कम्पनीले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २७.७ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.४६ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x