३० % लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भयो नबिल बैङ्कको ३८ औँ वार्षिक साधारण सभा

नबिल बैङ्क लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

३८ वर्ष देखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैङ्कले यस वर्ष पनि ‘क’ वर्गको बैङ्कहरूमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैङ्कको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।
साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।

नबिल बैङ्क आ.व. २०७८/७९ मा निजी क्षेत्रका बैङ्कहरूमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैङ्क हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात् बैङ्कको चुक्ता पुँजी यस वर्ष रु.२७ अर्ब नाघेको छ ।

नबिल बैङ्कले नेपालको बैङ्किङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैङ्कको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरे । बैङ्कले स्थापनाकालदेखि हालसम्म रु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ ।


नबिल बैङ्कले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x