सांग्रिला डेभलपमेन्ट बैङ्कले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ। बैङ्कले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बैङ्कका अनुसार कुल सहयोगमध्ये ५० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत र बाँकी २० लाख रुपैयाँ बैङ्कका कर्मचारीको तर्फबाट प्रदान गरिएको हो।
सहयोग रकमको चेक बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। बाढी प्रभावितको खोज तथा उद्धारसँगै राहत, दीर्घकालीन पुनः स्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको बैङ्कले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैङ्कले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ। बैङ्कले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैङ्कको ७० लाख सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
