आकर्षक लाभांश प्रस्ताव गरेको रिडी पावर कम्पनी साधारण सभा गर्न असमर्थ

रिडी पावर कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र २.१० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ४२.१० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेकोमा विद्युत् नियमन आयोगबाट सो प्रस्ताव सम्बन्धी सहमति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ ।

तर कम्पनी ए‍ेन २०६३ तथा प्रचलित कानुन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा सम्पन्न गर्नुपर्नेमा आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को साधारण सभाको बैठक २०७९ साल पौष मसान्त भित्र सम्पन्न गर्न कम्पनी असमर्थ भएको जानकारी गराएको छ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x