धितोपत्र बजारमा १.६० अङ्कको वृद्धि, नेप्से २६९४.६६ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ दशमलव ६० अङ्कले बढेर २६९४ दशमलव ६६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले बढेर ४६० दशमलव ९८ को विन्दुमा पुगेको छ ।

आज कूल ३१४ कम्पनीहरूका २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर रु. ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ८ दशमलव ५० अङ्कले, जलविद्युत उपसमूह १२.२३ अङ्कले, उत्पादन उपसमूह २८.२३ अङ्कले, लघुवित्त उपसमूह ६.१९ अङ्कले, निर्जीवन बिमा २०.८७ अङ्कले र ट्रेडिङ उपसमूह १५.३२ अङ्कले घटेका छन् । यता, विकास बैङ्क उपसमूह १६ दशमलव ६४ अङ्कले बढ्दा वित्त उपसमूह ४ दशमलव ३२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६२.४० अङ्कले, लगानी उपसमूह २.५३ अङ्कले, जीवन बिमा उपसमूह ३१.२४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०० अङ्कले र अन्य उपसमूह ८.६३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x