खुद ब्याज आम्दानी घटेसँगै गुराँस लघुवित्तको नाफामा ९६.६४ प्रतिशतको गिरावट

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९६.६४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ७३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुराँस लघुवित्तले ३२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गुराँस लघुवित्तले ८० करोड २४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ५ लाख रुपैयाँ रहेको छ ।


गुराँस लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.०७ प्रतिशतले घटेर २ करोड २४ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.२७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी शून्य दशमलव ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८६६ को आधारमा मूल्य आम्दानी अनुपात १७६७.३४ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x