सामलिङ्ग पावर कम्पनीले आज चौथो वार्षिक साधारण सभा गर्दै



सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही पौष २१ गते (आज) चौथो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा ज्वागल ब्याङ्केट, ललितपुरमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ,  त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

सभाले आयोजनाको अन्तिम लागत र सो लागत बमोजिमको बैङ्कको ऋण लगानी रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको हाल कायम रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।


कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष ०७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ०६ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x