धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले घटेर ३९० दशमलव ५२ को विन्दुमा पुगेको छ ।
आज कूल २८६ कम्पनीहरूका १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर रु. ५ अर्ब ०८ करोड १९ लाख ७६ हजार १७९ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह २९ दशमलव ८८ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १३६ दशमलव २१ अङ्कले, वित्त उपसमूह ३८.१७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १५४.६३ अङ्कले, जलविद्युत उपसमूह ७९.६८ अङ्कले, लगानी उपसमूह उपसमूह १.०१ अङ्कले, जीवन बिमा उपसमूह १५१.३१ अङ्कले, उत्पादन उपसमूह १२९.१२ अङ्कले, लघुवित्त उपसमूह १९८.२५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १२ अङ्कले, निर्जीवन बिमा ११३.३२ अङ्कले, अन्य उपसमूह ३७.४१ अङ्कले र ट्रेडिङ उपसमूह ६०.४४ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ५३.७० अङ्कको गिरावट, नेप्से २०९७.२९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%