दुध कोशी हाइड्रोपावर लिमिटेडले थप ५० लाख कित्ता शेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले हाल कायम शेयरधनीलाई प्राथमिकता दिँदै प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका शेयर बिक्री गर्न लागेको हो।
कम्पनीका विद्यमान शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
तोकिएको अवधिमा विद्यमान शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
५० लाख कित्ता शेयर बिक्रीबाट कम्पनीले कुल ५० करोड रुपैयाँ पुँजी जुटाउनेछ। थप पुँजी परिचालनका लागि कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाउन लागेको हो।
दुध कोशी हाइड्रोपावरले ५० लाख कित्ता शेयर बिक्री गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
