कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बिच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बिच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्टाउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ ।

उक्त  सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गर्नुभएकाे थियाे ।

सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ । बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरण मैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ ।


त्यसै गरी व्यवहार परिवर्तनको लागि बैंकका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ । सम्झौतामा डोकोले बैकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरू श्रेडिङ मेशिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरेको छ । यस सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बैंकले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x