साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा २१.२७ अङ्कको वृद्धि


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २७ अङ्कले बढेर २१४० दशमलव ९७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५२ अङ्कले बढेर ३७८ दशमलव २२ को विन्दुमा पुगेको छ ।

आज कूल ३२५ कम्पनीहरूका १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर रु. ६ अर्ब २९ लाख ३१ हजार ८५४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह १० दशमलव ८३ अङ्कले, वित्त उपसमूह ५३ दशमलव ७९ अङ्कले  र ट्रेडिङ उपसमूह ६९.४२ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ८ दशमलव ९० अङ्कले बढ्दा होटेल तथा पर्यटन उपसमूह १६०.७७ अङ्कले, जलविद्युत उपसमूह शून्य दशमलव ३४ अङ्कले, लगानी उपसमूह १.४६ अङ्कले, जीवन बिमा उपसमूह १५६.०२ अङ्कले, उत्पादन उपसमूह ७५.८९ अङ्कले, लघुवित्त उपसमूह ६६.४४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, निर्जीवन बिमा १४१.९१ अङ्कले र अन्य उपसमूह ३६.२९ अङ्कले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x