आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २ दशमलव २७ अङ्कले घटेर १८८९ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज सिटिजन्स म्युचुअल फण्ड-२ को शेयर मूल्यमा ५.८५ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । तेह्रथुम पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.०८ प्रतिशत, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीहरुले ४.४५ प्रतिशत, सुपर मादी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ४.१० प्रतिशत र अारविवि म्युचुअल फण्ड-१ का शेयरधनीहरुले ३.५९ प्रतिशतका दरले कमाएका छन् ।


यता, एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाउँदा एनएमबि डिबेन्चर ८.५०%-२०८७/८८ ९.५३ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ५.७७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ५.३७ प्रतिशत र कुमारी धनवृद्धि योजना ४.६५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x