प्रभु बैङ्कले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई हस्तान्तरण गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा बैङ्कका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो। बैङ्कले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
साथै, सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गर्दै प्रभावित समुदायलाई राहत तथा पुनः स्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास बैङ्कले व्यक्त गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैङ्कको २ करोड ११ लाख ११ हजार सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
