मिति २०८१ साल असोज ११ गते नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई क्लिनिक को विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरू क्लिनिकबाट प्रदान गरिने Hydra Facial and Microneedling with PRP, Charcoal Peel / Chemical Peel, Mole/Wart/Skin tag removal, Face microneedling with PRP, Hair microneedling with PRP, Hair PRP/GFC, Pico Laser सँग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपाल बैङ्क र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्स बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
