आज देखि सुपर मादी हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार कित्ता नै तोकेको छ।


कम्पनी आफ्नो जारी पुँजीको १५ प्रतिशत अथार्त रु. ३१ करोड ५० लाख रकम बराबर प्रति शेयर रु.१०० अङ्कित दरको ३१ लाख ५० हजार कित्ता शेयर मध्य आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूका लागि ३ लाख १५ हजार कित्ता शेयर र अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा म.न.पा. वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूका लागि ७ लाख ३५ हजार कित्ता शेयर तथा कम्पनीको जारी पुँजीको १० प्रतिशत अथार्त २१ लाख कित्ता शेयर मध्य १० प्रतिशत अथार्त २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) पौष ०५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा पौष २० गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि पौष ०५ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।
 
साे कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

ad x