ग्लोबल आइएमई बैंक लि. र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. बीच सम्झौता

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लि. र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. बीच मिति २०७५ मंसिर १३ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबर्द्धन  विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेकाथिए । 
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।


उक्त सम्झौता पश्चात नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट(Debit), क्रेडिट(Credit), प्रिभिलेज(Privilege) कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने भएका छन् ।  

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ वटा शाखा, १५ वटा राजश्व सङ्कलन काउन्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा १०४ शाखा रहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुक्त भाईवर बैङ्किङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x