एनआईसीका ग्राहकले सेल्सबेरी स्टोरबाट सामान खरिद गर्दा आकर्षक छुट पाउने

ज्ञानमाण्डू। एनआईसी एशिया बैंकका ग्राहकहरुले सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरुले सो छुट पाउने भएका हुन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरका हुन् ।
एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x