अब अनलाईनबाटै शेयर खरिदको भूक्तानी गर्न सकिने, सेटलमेन्ट कारोबार प्रणालीमा थपिए ४५ बैंक तथा वित्तिय संस्था

ज्ञानमाण्डू।शेयर खरिदपछि ब्रोकर कम्पनीलाई रकम भूक्तानी गर्ने अनलाईन प्रणाली थप लचिलो र फराकिलो बनेको छ । नेप्सेको चारमध्ये तीन क्लियरिङ बैंकमा मात्र सिमित रकम भूक्तानी सुबिधा, अनलाईन कारोबार प्रणालीमा बैंक इन्टिग्रेसन पश्चात जेठ १२ गते आइतबार देखि अनलाईनबाटै ४८ बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिने भएको छ । 

बिहीबार एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएसँगै नेप्सेको अनलाईन कारोबार प्रणाली मार्फत अनलाइन रकम भूक्तानी सम्भव भएको हो। नेपाल क्लीयरिङ हाउसको कनेक्ट आईपीएसमा ४८ बैंक तथा वित्तिय संस्था आबद्ध छन् । यी संस्थासँग नेप्सेको अनलाईन र ब्रोकर कार्यालय एक अर्कामा जोडिइसकेका छन् ।हाल कनेक्ट आईपिएसमा आबद्ध रहिरहेका ४८ बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाइनबाट कारोबार गर्न सक्नेछन् । कनेक्ट आईपीएसमा ७ संस्था आबद्ध हुने क्रममा छन् । 

लगानीकर्ताले नेपाल क्लियरीङ्ग हाउसको कनेक्ट आईपिएसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुबाट अनलाइन प्रणालीहरुबाट सम्पुर्ण शेयर कारोबार गर्न सक्नेछन् । यो प्रणालीअनुसार शेयर खरिदपछि लगानीकर्ताले कनेक्ट आईपीएसमार्फत ब्रोकर कार्यालयलाई रकम बुझाउन सक्नेछन् । तर प्रणाली विकासकै क्रममा रहेका कारण तत्कालका लागि ब्रोकरबाट शेयर बिक्रिको रकम भने लगानीकर्ताले चेकबाट नै लिनुपर्ने छ ।

उक्त सुबिधापछि लगानीकर्ताले बैंकको ई-बैंकिङ सेवा लिएर यसअघि अन्य खातामा रकमान्तर गरेकै शैलीमा शेयर खरिदको बिल अनलाइनबाट ब्रोकर कार्यालयलाई तिर्न सक्नेछन् । क्लीयरिङ हाउसको कनेक्ट आईपीएसमा आबद्ध हुन शुल्क भने लाग्दैन ।

लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख मात्र भुक्तानी गर्न सक्नेछन् । सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ। कुनै एक बैंक एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिनेछ ।

अनलाईन कारोबार प्रणाली मार्फत रकम भुक्तानी गर्दा लगानीकर्ताले ५० हजार रुपैयाँ भन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ, पाँच सय देखि ५ हजारसम्म ५ रुपैयाँ र पाँच सय रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क क्लियरिङ्ग हाउसलाई तिर्नुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x