सुर्खेतको एरिचोकमा देवः विकास बैङ्कको नयाँ शाखा

ज्ञानमाण्डू। देवः विकास बैङ्क लि.ले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –४ एरिचोकमा नयाँ शाखा बिस्तार गरेको छ । सो शाखा कार्यालयको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले स्थानीय निक्षेप कर्ता, व्यवसायी, उद्यमीहरूलाई सरल, सुलभ तथा सुरक्षित बैङ्किङ सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेप कर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यावसायिक सङ्घ संस्थासँग सुमधुर, प्रगाढ र व्यावसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैङ्किङ सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा बैङ्कको गतिविधि माथि प्रकाश पार्दै बैङ्कका सञ्चालक समितिका सदस्य विजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैङ्कले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरूमा थप शाखा सञ्चालन गरी सेवा विस्तार गरिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x