ज्ञानमाण्डू। गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख श्री मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख श्री सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका छन् । उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च हुने कुरा र्बैकले जनाएको छ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
जनता बैंकको कैलाली हावाहुरी पिडितको लागि आर्थिक सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
