आज रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा गर्दै

 

ज्ञानमाण्डू। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यही असार २० गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा अनमोल बैङक्वेट, शंखमुल,काठमाडौँमा (Meeting IDPassword ईमेल मार्फत उपलब्ध गराइनेछ) बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले यस कम्पनीकाे पुँजी वृद्धि गर्ने विषयलाई दर्साउने छ। त्यसै गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयाेजनका लागि उपयुक्त जीवन बीमा कम्पनीकाे पहिचान र छनाैट पनि साेही सभाले पारित गर्ने छ।

 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १० गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार ९ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x