एनएलजी इन्स्याेरेन्स कम्पनीले आज वार्षिक साधारण सभा गर्दै



एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले यही चैत्र २० गते (आज) सत्रौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि महालेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम रु. १३ करोड २६ लाख ६१ हजार ४३६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३१५८ प्रतिशतका दरले हुन आउने रकम रु. ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव समेत पारित गर्ने छ ।

त्यस्तै, बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अङ्कलाई सम्बन्धित शेयरधनीकाे नाममा पछि समायोजन गर्ने गरी यथावत् राख्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x