ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात साेमबार असार २० गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।
सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
