कुमारी बैंकमा १ सय रुपैयाँको टपअप गर्दा रु १ सय रुपैयाँ क्यासव्याक

ज्ञानमाण्डू। कुमारी बैंकले मोबाईल बैंकिङ सेवामा आकर्षक योजना सार्वजनिक गरेको छ । नगद रहित कारोबार एवं प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने उदेश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ । कुमारी बैंकको १ सय मा १ सय अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङबाट पहिलो १ सय रुपैयाँको टपअप गर्दा रु १ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
 
यसैगरी बैंकले स्क्यान एन्ड पे योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक अधिकतम १ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुण १७ गते सम्म लागु हुनै बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x