२८ छात्रालाई साइकल

ज्ञानमाण्डू।माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरूलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कारोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । 

विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताएका छन् । “रु दुई लाख बजेट विनियोजन गर्दै सबै छात्रलाई साइकल वितरण गरिएको हो”, उनले भने , “आदिवासी समुदायको बाहुल्य रहेको यस ठाउँका कतिपय विद्यार्थीले विद्यालय टाढा भएर पनि पढाइ छाड्ने गरेकाले पढाइप्रति प्रोत्साहन गर्न छात्रालाई साइकल वितरण गरिएको हो ।” 

गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताए । 

यसअघि हल्दिबारी गाउँपालिकाले माध्यमिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने गरेको छ । उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले एक/एक थान ल्यापटपको समेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधि मैत्री बनाएको छ । 

उता झापा गाउँपालिकाले कक्षा आठदेखि माथि अध्ययन गर्ने सबै छात्रालाई एक/एक थान साइकल प्रदान गरेको छ भने उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको मासिक शुल्क आफैँ प्रदान गर्दै आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x