जीन्सको उत्पत्ति र तथ्यहरू

ज्ञानमाण्डू।यदि तपाईँ कसैलाई उनीहरूले जीन्स किन लगाउने गर्दछन् भनेर सोध्नु हुन्छ भने धेरैजसो मानिसहरूले जवाफ यही दिने छन् , "किनभने मलाई जीन्स निकै आरामदायक लाग्ने गर्दछ" । सामान्यतया, जब व्यक्तिहरू भन्छन् कि उनीहरूले लगाएको केही चीज "आरामदायक" छ, यसको मतलब उनीहरू शारीरिक रूपमा नभई मनोवैज्ञानिक रूपमा सहज छन् । हामी निलो जीन्स लगाउँछौँ किनकि सबैले निलो जीन्स लगाउँछन् र यो हाम्रो स्वभाव हो कि हामी कुनै पनि समूहको हिस्सा हुन चाहन्छौँ वा त्यस समूहमा भाग लिन चाहन्छौ ।

यदि कसैले तपाईँलाई मलाई जीन्स निकै आरामदायक लाग्ने गर्दछ भन्छन् भने तिनीहरू तपाईँसँग मात्र नभाइ आफैसँग पनि एक प्रकारले झुटो बोल्दै छन्। तपाई आफै महसुस गर्न सक्नु हुन्छ, शाब्दिक रूपमा कुनै अन्य कपडा तपाईँको छाला विरुद्ध मुलायम महसुस हुने गर्दछ। तर यो अवश्य सत्य हो कि, समय र विभिन्न तत्त्वहरूको सामना गर्न डेनिम एउटा कडा र असाधारण सामग्री पक्कै हो।


तपाईँले हरेक दिन लगाउने जिन्सको उत्पत्ति कसरी र कहाँ बाट भयो भनेर सोच्नु भएको छ ? वास्तवमा निलो जीन्स एक दुर्घटनाको आकस्मिक खोजी हो ।१८औँ शताब्दीमा जब फ्रान्सको नाइम्स सहरका मानिसहरूले 'सर्जे' भनिने कडा इटालियन कपडाको नक्कल गर्ने प्रयास गरेका थिए, तब अप्रत्याशित ढङ्गले निलो जिन्सको सिर्जना भएको थियो । उनीहरूले सिर्जना गरेको वस्तुलाई 'सर्ज डे नाइम्स' को नाम दिइएको थियो, जुन नाम छोट्टिँदै 'डेनिम'ले परिचित हुन पुग्यो ।

यद्यपि, जहाँसम्म आधुनिक व्यक्तिको सवाल छ, निलो जीन्सको इतिहास वास्तवमा १८५३ मा सुरु भएको थियो जब लेवाइ स्ट्रॉस नामक बवेरियनले डेनिमलाई अमेरिका र अमेरिकी माझ ल्याएका थिए। जीन्स इटालीको 'जेनोवा' सहरको नाममा राखिएको हो, जहाँ कपासका कोर्डुरॉय (corduroy) प्यान्ट, जसलाई "जीन वा जेन" भनिने गर्दथिए ,  उत्पादन हुने गरेको थियो ।  

सन् १८००को उत्तरार्धमा, डेनिम ट्राउजर्स, जुन प्रायः पुरुष कामदारहरूले लगाउने गर्दथे, कठोर र कडा परिश्रम हुने स्थलहरुमा सामान्य हुन थलेको थियो । पुरुषहरू भाग्यको खोजीमा पश्चिमतर्फ लम्कँदै थिए, जहाँ धेरै चोटि अस्वास्थ्यकर मौसमबिच पुरुषहरू शिविरमा जीवन बिताउन बाध्य थिए । परम्परागत कपडाबाट बनेको प्यान्ट त्यस दुर्गम जलवायुमा हप्ताको केही दिन भित्रै नष्ट हुने गर्दथे।

तर डेनिम हामी माझ यसरी लोकप्रिय हुनुको मुख्य श्रेय लेवाइ स्ट्रॉसलाई मात्र दिन सकिँदैन। यस वस्तुको मौलिक हकदार जैकब डेविस नामका एक विनम्र दर्जी पनि हुन् , जसले आफ्नो विचार प्याटेन्ट गर्नका लागि व्यापारी लेवाइ स्ट्रॉससँग वित्तीय सहायताका लागी सम्पर्क गरेका थिए । उनले डेनिमलाई थप टिकाऊ बनाउनका लागि ट्राउजर्समा "बटन फ्लाई(जिप)" र "मेटल रिवेट्स(जिन्सको पकेटसँग हुने बटन)" थप गर्ने विचार उत्पन्न गरेका थिए ।  यसै सँग मे २०, १८७३ मा हामीलाई अहिले थाहा भएको निलो जीन्सको पहिलो जोडी उत्पादन भएको थियो । सन्‌ १९२० र १९३० को दशकमा जीन्स संयुक्त राज्य अमेरिकामा लोकप्रिय पश्चिमी पोशाक बन्न पुग्यो, जुन खानीमा काम गर्नेहरू, काउबोइ र अन्य पुरुष कामदारहरूका लागि उपयुक्त थियो, जीन्स न सजिलै च्यातिने गर्दथियो र भारि भन्दा भारि भारलगाई पनि सजिलै सहन सक्दथ्यो ।

सन् १९३६ मा लेवाइ स्ट्रॉसले जीन्सको पछाडिको पकेटमा आफ्नो हस्ताक्षर रातो झन्डा थपेका थिए, जुन बाहिरी भागमा डिजाइनरको लेबल लगाउने पहिलो पोशाक बनेको थियो । १९३० को दशकमा "Vogue" पत्रिकाले आफ्नो पहिलो फेसन मोडेल डेनिमको पोशाकमा प्रस्तुत गरेको थियो, जसले जीन्स सायद व्यावहारिक कपडाको रूपमा मात्र आरक्षित नभई महिलाहरूको लागि पनि एउटा फेशन स्टेटमेन्ट हुनसक्ने सङ्केत दिएको थियो ।

निलो जीन्स को इतिहास:


जैकब डेविस र लेवाइ स्ट्रॉस


लेवाइ स्ट्रॉस जब १८२१ मा जर्मनीबाट न्यु योर्क आएका थिए, उनले आफ्ना जेठा दाइसँग मिलेर यहाँ सुख्खा समागृहरुको गोदाम सञ्चालन गर्न थाले । सन् १८५३ मा जब उनले पश्चिममा गोल्ड रशको बारेमा थाहा पाए उनले आफ्नो परिवारको सुक्खा माल व्यवसायको पश्चिमी शाखा 'सान फ्रान्सिस्को' मा स्थापना गर्ने निर्णय गरे । उनले लेवाइ स्ट्रौस एन्ड कम्पनीको रूपमा आफ्नो सुख्खा सामानहरूको थोक व्यापार खोले र न्यूयोर्कमा आफ्ना भाइहरूबाट पठाइएका लुगा, ओछ्यान, कम्बिज, पर्स, रुमाल र कपडाको बेल्ट जस्ता वस्तु को व्यापार सुरुवात गरे । 


जैकब डेविस, नेवादाका एक दर्जी, लेवाइ स्ट्रॉसका ग्राहकहरू मध्येका एक थिए । डेविसले कार्यात्मक वस्तुहरू जस्तै पाल, कम्बल र कभरहरू बनाउने गर्दथे । एक दिन जैकब डेविसका एक ग्राहाकले उनलाई एउटा मजबूत प्यान्टको जोडी तयार गर्न भने जुन कडा मेहनत र परिश्रमको सामना गर्न सक्दथियो  । सोही अनुरूप डेविसले, लेवाइ स्ट्रौस एन्ड कम्पनीबाट खरिद गरिएको डेनिम प्यान्टलाई थप टिकाऊ बनाउनका लागि प्यान्ट जहाँ सजिलै च्यात्तिने गर्दछ त्यहाँ बटन फ्लाई(जिप) र मेटल रिवेट्स(जिन्सको पकेटसँग हुने बटन) थप गरे, जसको कारण ट्राउजर्स थप टिकाउ र गुणस्तर हुन पुग्यो । डेविसले सोही विचारलाई कसैले चोर्नु भन्दा अघि नै प्याटेन्ट गर्न चाहन्थे। 

किनभने उनीसँग प्याटेन्ट आवेदनको लागि पर्याप्त पैसा थिएन(सो समयको अमेरिकी ६८ डलर),सन् १८७२ मा उनले एक चिठ्ठी मार्फत, लेवाइ स्ट्रॉसलाई सो बिचार प्रस्तुत गर्दै, उनको व्यवसायमा साझेदार हुन र खर्च बाँड्ने धारणा व्यक्त गरे । स्ट्रॉसले त्यस विचारको सहमति जनाउँदै मे २०, सन् १८७३ मा पूर्ण अमेरिकी प्याटेन्ट नं . १३९१२१, जैकब डब्ल्यू डेविस एन्ड  लेवाइ स्ट्रॉस एन्ड कम्पनीको सञ्चालन सुकृती लिए र सो दिन निलो जीन्सको जन्मदिन पनि भनिने गरिन्छ । 

जीन्स बनोटको इतिहास: 

जीन्स, "डेनिम" भनिने सामग्रीबाट बनेको हुन्छ । "डेनिम" नाम "सर्जे डी नाइम्स" भनिने कडा कपडाको नामबाट रहन गएको हो , जुन सुरुमा फ्रान्सको नाइम्स सहरमा बनेको थियो, यसैले "डे नाइम्स" भनिने सो कपडा आज आइपुग्दा "डेनिम" भनेर चिनिने गरीएको छ । 

भाग्यविहीन नाइम्स सहरका कारीगर्हरुले जब इटालीको जेनोवा सहरमा प्रख्यात रूपमा बनाइने कटन कोर्डुरॉय(cotton corduroy) कपडाको पुनः उत्पादन गर्ने कोसिस गरेका थिए, विभिन्न परीक्षण र त्रुटि पश्चात् तिनीहरूले "डेनिम" भनेर चिनिन थालिएको अर्को फेब्रिकको सृजना गर्न पुगे । 'डेनिम' अत्यधिक टिकाऊ हुनुका कारण, उत्पादित टेक्सटाईल कडा मेहनत र परिश्रम गर्ने मानिसहरु माझ प्रख्यात हुन पुग्यो । यसैले यो लेवाइ स्ट्रॉस र जैकब डेविस द्वारा जीन्स प्यान्टको लागि सामग्री स्वरूप प्रयोग गरिएको थियो। 

जीन्सको रङ्ग :

इंडिगो डाई(Indigo Dye) भनिने वस्तु डेनिमलाई रङ्गाउनका लागि प्रयोग गरिने रङ्ग हो ।यो एक विशिष्ट नीलो रङ्गको डाई हो । यसको निर्माण र प्रयोग भारतमा भएको थियो, र नामकरण पनि प्राचीन भारतमा नै भएको हो । भारतबाट इंडिगो इजिप्ट, ग्रीस र रोममा आयात गरिन्थ्यो । पुरानो सभ्यताहरू जस्तै चीन, जापान, मेसोपोटामिया, इजिप्ट, बेलायत, मेसोआमेरिका, पेरू, ईरान र अफ्रिकाले पनि यस विशिष्ट नीलो रङ्गको प्रयोग गरेको पाइन्छ ।


नीलिनी
भारतमा इंडिगो बोट 'नीलिनी' (इन्डिगोफेरा टिन्क्टोरिया:Indigofera Tinctoria)बाट बनाइएको थियो। सो रङ्ग कपासमा प्रयोग भएको थियो किनभने कपासले रङ्ग सजिलै सोस्नुका साथै प्रयोगयोग्य वस्तुमा पनि रङ्गको प्रयोग गर्ने   सबैभन्दा सजिलो विधि थियो। तर, समस्या केवल रङ्ग लामो समय सम्म टिकाउ बनाउने थियो  ।

पर्सिया, लेभान्टिन र ग्रीक बिचौलियावादीहरूले उच्च कर तोकेको हुनाले मध्य युगमा इंडिगो एउटा दुर्लभ विलासी वस्तु थियो। भारततर्फको समुद्री मार्ग पत्ता लागे लगत्तै समस्या समाधान भयो र इंडिगो बोटहरू उपनिवेशमा पनि सर्दै गए ।

अर्ग्यानिक इंडिगोको प्रयोग १९ औ शताब्दीको अन्तसम्म भयो, किन भने बजारमा अर्ग्यानिक इंडिगोको सस्तो संस्करण, सिन्थेटिक नीलो रङ्ग आउन थालि सकेको थियो साथै मूल्यको हिसाबमा पनि सो रङ्ग धेरै सहुलियत दिने गर्द थियो ।

(COOL)कूल जीन्सको जन्म:

जीन्स सुरुमा काम गर्दा प्रयोग गरिने कपडाको रूपमा परिचित थियो । टिकाऊ सामग्रीबाट बनेका जीन्स लामो समय र मौसमसम्म टिक्न सक्थे। पुरुषहरुको जीन्सको अगाडि  जिप्पर थियो, जबकि महिला जीन्सको जिपर बायाँ पट्टि थियो र दुवै शिथिल र समग्र रूपमा सबैलाई फिट हुने डिजाइन अनुरूप बनाइएको थियो।


१९५० को दशकमा जेम्स डीनको फिल्म 'रेबेल विथाउट अ कज'(Rebel without a Cause)ले युवा माझ जिन्सलाई लोकप्रिय बनाउन मद्दत गर्‍यो । सो दशक जीन्स युवा विद्रोहको प्रतीकका रूपमा पनि चिर परिचित हुन पुग्यो । जब हलिवुडका चलचित्रहरूले जीन्सलाई यथास्थिति विद्रोहको प्रतीकको रूपमा प्रयोग गरे, किशोर किशोरीहरूले निलो जीन्स अँगाल्ने प्रवृत्ती बढ्न थाल्यो । जीन्सले अपनाएको अर्थको कारण जीन्स स्कुल, थिएटर र रेस्टुरेन्टहरूमा प्रतिबन्धित हुन थाल्यो । अमेरिकी सरकारले निलो जिन्सलाई उत्तेजक र विद्रोहीको चिन्ह करार गर्दै कयौँ सार्वजनिक स्थल मा यसको प्रयोगमा रोक लगायो । 

जीन्स १९६०को दशकमा बढी स्वीकार्य भयो र यद्यपि १९७० मा फेसनको एक अभिन्न अंशको रूपमा परिणत हुन पुग्यो ।

डिजाइनर डेनिमको जन्म भने १९८० को दशकमा भएको थियो । डिजाइनर जीन्स लोकप्रिय हुनुका साथै विलासी संस्कृतिको प्रतीक पनि बन्न पुग्यो । क्याल्भिन क्लाइन(Calvin Klein), जोर्डचे(Jordache), र ग्लोरिया भान्डर्बिल्ट(Gloria Vanderbilt) लगायतका ब्रान्डहरूका डिजाइनर जीन्स, फेशनेवल महिला र पुरुषहरू माझ सबैभन्दा बढी लोकप्रिय हुन थाले ।स्टोन वास, एसिड वास र रिप्ड जिन्स यस दशकको सबैभन्दा मनमोहक र लोकप्रिय जिन्सका प्रकार हुन् ।  त्यस्तै, हिप हपको वृद्धिले ब्यागी जीन्सको लोकप्रियतामा वृद्धि ल्यायो।  

२००० को शुरुवातमा डेनिम हरेक अवसरका लागि उपयुक्त र उचित फेसन आइटम बन्न पुग्यो । २००० को शुरुका सब भन्दा लोकप्रिय कटहरूमध्ये फ्लेर र बुट कट डेनिम थिए र विभिन्न प्रकारका वासमा उपलब्ध हुन थालेका थिए । तर जब स्कीनी जीन्सको पुनरुत्थानका लागि, डेनिम स्ट्रेच टेक्नोलोजीको आविष्कार भयो दशकको सबैभन्दा ठुलो डेनिम शैलीको कहानी सुरुवात तब भएको थियो । अचानक, सबैले जिन्स को व्यापक प्रयोग गर्न थाले । 

जीन्स निसंदेह यस युगको फेशन स्टेपल हो, तर यो सधैँ प्रसिद्ध वस्तु थिएन । वास्तवमा, जीन्स एक यस्तो फेशन आईटम हो जसले हरेक उतार-चढावहरूको समाना गर्दै समयावधि भर उल्लेखनीय रूपमा विकसित हुन सकेको छ । जीन्सले विगतका १४० वर्षको फेशन, जीवन शैली, संस्कृति र मानदण्डहरुको परिवर्तन र विकासको इतिहास बोकेको छ । जिन्सले कडा परिश्रममा प्रयोग हुने वस्त्र देखी विद्रोहीको चिन्ह करार हुँदै फेसनको अभिन्न अंशसम्मको यात्रा पार गरी सकेको छ ।डेनिम र जीन्सको इतिहास लामो र रङ्गिन रहेको छ।     



जीन्सको बारेमा रमाइला तथ्यहरू:

  • Levi 501s को एक जोडी तयार गर्न ३७ अलग सिलाई अपरेशनहरू आवश्यक पर्दछन्।

  • Levi जीन्सको सबै भन्दा पुरानो जोडी १९९७ मा भेटिएको थियो भने सो जिन्स १०० वर्ष पुरानो थियो । 

  • पहिलो जीन्स दुई शैलीहरूमा आएका थिए: इंडिगो ब्लु(Indigo Blue) र ब्राउन कटन "डक"(Brown Cotton Duck) ।

  • जीन्सको पहिलो नाम 'वेस्ट ओभर अल्स (Waist Overalls)' थियो ।


  • जीन्स सर्व प्रथम इंडिगोले रङ्गाइने गरिन्थ्यो, किनभने गाढा रङ्गले फोहोर लुकाउन सजिलो हुने गर्दछ ।
  • डेनिम ५०% भन्दा बढी एसिया, खास गरी चीन, भारत र बङ्गलादेशमा उत्पादन हुन्छ।

  • के तपाईँलाई थाहा थियो निलो जीन्सको सबै भन्दा महँगो जोडी २.५ लाख अमेरिकी डलरमा बिक्री भएको छ ?

  • के तपाईँलाई थाहा छ निलो जीन्सको सबैभन्दा लामो जोडी ६८ मिटरको रहेको छ ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x